बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु « Khabarhub

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आज बाघ गणना सुरु हुँदैछ ।

बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना गर्न थालिएको हो । हरेक चार वर्षमा बाघ गणना गरिन्छ ।

गत मंसिर १९ गतेदेखि चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ । सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पर्‍याउने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : १३ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए