चरम गरिबीमा हुर्किएका स्टारहरूको कथा | Khabarhub Khabarhub

चरम गरिबीमा हुर्किएका स्टारहरूको कथा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसारमा दुख, कष्ट, मेहनत र परिश्रमबाट सफलताको चुचुरोमा पुगेका धेरै स्टार छन् । खेलकुदको मान्यता नै हो कि, संसारका सम्भ्रान्त देशका खेलाडी पनि सुखमा हुर्किएको कारण होइन, दुख झेल्ने हिम्मत गरेका कारण स्टार भएका छन् ।

संसारकै सम्पन्न  खेलकुदमा राज गरिरहेको अमेरिकाको हकमा यसै वर्ष दुई आप्रवासी खेलाडीले महत्त्वपूर्ण सफलता दिलाए । सुडानी आप्रवासी बाबुआमाकी छोरी  एथिङ मुलाई त अबको विश्व खेलकुदको नयाँ नायिकाका रूपमा वर्णन गर्न थालिएको छ । गत ओलम्पिकमा ८ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी उनले आगामी प्रतियोगितामा ४ सय मिटर दौडमा पनि सहभागिता जनाउने र त्यसमा पनि सफलता पाउने सम्भावना  प्रबल रहेको जनाइन्छ ।

विश्व बक्सिङमा तहल्का मच्चाउने मेनी पाक्युको बारे त धेरैलाई थाहा नै छ । फिलिपिन्सको एउटा सामान्य परिवारमा जन्मिएका पाक्युले गरिबीको कारण पढाइ छाडेर कुल्ली काम गर्न थालेका थिए । ती नै पाक्युले कुल्ली काम गरेर बक्सिङ खेललाई निरन्तरता दिएका थिए । उनी ओलम्पियन मात्र भएनन्, प्रोफेसनल मुक्केबाज हुँदै थुप्रै उपाधि जिते । धेरै पैसा कमाइसकेपछि फेरि पढाइमा ध्यान दिए ।  राजनीतिमा पनि सरिक उनी राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

फ्रान्सले अहिलेसम्म दुईपटक विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो पटक १९९८ मा हेभिवेट फेभरेट ब्राजिललाई हराउँदै  उपाधि जितेको फ्रान्सले दोस्रो पटक २०१६ मा उपाधि जित्न सफल भएको हो ।

सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा अल्जेरियाली आप्रवासी जिनेदान जिदान टोलीमा प्रमुख खेलाडी थिए । ती नै जिदानलाई हेरेर संसारका थुप्रै व्यक्ति फुटबलमा मोहित भएका थिए । धेरैमा फुटबल खेल्ने चाहना जागेको थियो । जिदानजस्तै लोकप्रिय बन्ने सपना देख्न थालेका थिए ।

यस्तै गरिबीमा हुर्के, एंगोलो कान्टे ।  फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा ती नै कान्टे रङ्गशाला वरपर छरिएका पानी र बियरका बोतल उठाउँथे । यो विश्वकपमा आयोजक टोलीले कुनै खेल हारेन, त्यसैले घरेलु समर्थकहरूमा ठुलो उत्साह थियो ।

८ वर्षका कान्टे पनि उत्साहित थिए । तर, कारण भने फरक थियो । समर्थकहरूले फालेका बोतलहरू बेचेर उनले राम्रो पैसा कमाएका थिए । त्यही विश्वकपले उनमा फुटबलप्रतिको लगाव पनि सिर्जना गरेको थियो ।

२९ मार्च १९९१ मा फ्रान्सको पेरिसस्थित रुईल माल्माईसन बस्तीमा एनगोलो कान्टे जन्मिएका थिए । यो बस्तीमा दैनिक रोजीरोटीका लागि मजदुरी गर्नेहरूको बाहुल्यता थियो । कान्टेका बाबुआमा मालीबाट काम खोज्दै ८० को दशकमा फ्रान्स पुगेका थिए । परिवारमा कान्टे जेठो छोरा थिए । यसपछि यो दम्पतीका अन्य तीन सन्तान जन्मिएका थिए ।

सानो उमेरमा नै धेरै जिम्मेवारी बोकेका कान्टेले सान उमेरमा कवाडीको काम गरेका थिए । पश्चिम रुईलदेखि कवाडी खोज्नका लागि उनी पेरिसको पूर्वी भागसम्म पुग्थे । यसरी सङ्कलित कवाडी उनी प्रशोधन कम्पनीलाई बेच्थे । बाँकी समय उनी फुटबलमा बिताउँथे   ।

कान्टेको जीवनमा एकपछि अर्को दुखद घटनाले घेरेको थियो । उनी ११ वर्षको मात्र हुँदा बाबुको निधन भयो । उनलाई कवाडी सङ्कलनबाट आमा र भाइबहिनीको आवश्यकता पूरा गर्न सकिँदैन भन्ने त नलागेको होइन । तर, विकल्प पनि थिएन ।

परिवारलाई गरिबीबाट मुक्त गर्नका लागि कडा परिश्रम गर्ने सपना उनले देखेका थिए । कान्टेलाई कडा परिश्रममा विश्वास थियो । बार वा क्याफेमा काम गरिरहेका बेला उनी बेला–बेलामा टेलिभिजनमा फुटबल हेर्थे ।  जिदान, हेनरी थिएरी, पेट्रिक भियरा, लिलियम थुराम, निकोलस एनाल्का लगायत आप्रवासी मूलका खेलाडीहरूमा कान्टे आफ्नो अनुहार देख्थे ।

देशका सबै वर्ग र समुदायका मानिसहरूका लागि फुटबलमा स्थान छ भन्ने महसुस उनलाई यो टोलीले गरायो ।

कान्टेले यो पनि थाहा पाए कि, फ्रान्सलाई त्यस पहिलो विश्वकप उपाधि दिलाउने नायक जिनेदाने जिदान पनि अल्जेरियाली आप्रवासी  बाबु आमाका सन्तान थिए ।

यसपछि स्थानीय क्लब जेएस सुरेसनेस नामकमा उनी आबद्ध भएका हुन् । सुरुमै उनी गोलका लागि कसरी अवसर खोज्ने भनेर उनले सिक्दै गए । युवाकालमा उनले यस क्लबबाट केही ट्रफी पनि जिताए, तर उनी कहिल्यै खुसी मनाएनन् ।

४ वर्ष एकेडेमीमा बिताएपछि बालबालिकालाई प्रशिक्षण गराउने जिम्मेवारी पनि उनलाई दिइयो । यसका लागि उनले अतिरिक्त समय दिनुपर्ने थियो र केही पैसा पनि आउँथ्यो । तत्कालीन म्यानेजर पिर्रे भिल्लेले यस्तो अवसर जुराइदिएका थिए ।

यो अवसरले उनलाई फुटबलमा टिकाउने र थप अब्बल बनाउने काम गरेको थियो । सन् २०१० मा उनी फ्रान्सको तेस्रो डिभिजन क्लब ब्लोनमा छानिए भने त्यसको तीन वर्षपछि सन् २०१३ मा कान नामक दोस्रो डिभिजनको क्लबमा स्थानान्तरण भए । सोही क्लबलाई लिग वानमा छनोट गराउन सफल भए पनि कान्टेको खेल जीवनले अर्को उचाइ छोएको थियो ।

युरो २०१६ कान्टेका लागि महत्त्वपूर्ण साबित भएको थियो । त्यो युरो कप फ्रान्सले उपाधि त जितेन । तथापि, कान्टेलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एउटा आधार भने तयार गरेको थियो । सुरुवाती खेलमा नै रोमानियाविरुद्ध धेरै पासहरू सिर्जना गरेका उनी डिभेन्सिभ मिडफिल्डरको रूपमा संसारकै एक परिष्कृत खेलाडीको रूपमा आफूलाई प्रस्तुत गर्न सफल रहे । धरै ट्याकल गर्नुका साथै  र मैदानमा धेरै प्रभाव राख्ने उनको त्यो शैलीले टोलीलाई नै एक किसिमको सहजता निम्त्याएको थियो ।

सोही खेलमा उनको पासमा  दिमिट्री पायटले निर्णायक गोल गरे भने गरे भने  फ्रान्स २–० ले विजयी भयो । दोस्रो  चरणमा आयरल्यान्ड गणतन्त्रविरुद्धको खेलमा दोस्रो पहेँलो कार्ड पाएका उनले क्वाटर फाइनल गुमाए । पोर्चुगलसँगको फाइनलमा  फ्रान्स १–० ले पराजित हुँदा उनी बेन्चमै थिए ।

विश्वकप २०१८ मा उनले फ्रान्सबाट सबै ७ खेल खेले । डेनमार्कविरुद्धको समूह चरणको खेलमा उनले म्यान अफ द म्याचको अवार्ड जितेका थिए । फाइनलमा क्रोएसिया विरुद्ध पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । यस प्रतियोगितामा कान्टे मैदानको चारैतर्फ छाएका थिए ।

सफलताको उचाइमा पुगे पनि कान्टे निरन्तर मेहनती छन् । उनी सादा जीवनशैलीमा विश्वास गर्छन् । अन्य खेलाडीहरू विलासी गाडीको सौखिन भइरहँदा उनी अहिले पनि सामान्य सवारी साधनको प्रयोग गर्छन् ।

यस्ता अनेकन् उदाहरण छन्, गरिबीबाट संसारको माथिल्लो उचाइमा पुग्नेहरूक । इथोपिया, संसारको गरीब देशमध्येको एक । यही देशका खेलाडीले मध्यम तथा लामो दुरीको रेसमा संसारमा तहल्का मच्चाइरहेका छन् । इथोपियाको पनि गरीब परिवारको कल्पना गर्न  धेरैलाई कठिन होला । इथोपियाको सामान्य र सङ्घर्षशील परिवारकी डिबाबा दिदी बहिनीको कथा संसारका खेलकर्मीका लागि प्रेरणाको श्रोत बन्न सक्छ ।

टिरिनेस दिवावाले २००८ को बेइजिङ ओलम्पिकमा ५ हजार मिटर र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।  यसको चार वर्ष पछि लन्डन ओलम्पिकमा उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जित्दै उपाधिको रक्षा गरिन् । १० हजार मिटरमा ओलम्पिक स्वर्णको रक्षा गर्ने महिला खेलाडीको रूपमा उनले कीर्तिमान राखेकी थिइन् । उनका तिन बहिनी जेन्वा,अन्ना र मेलाट पनि अहिले दौडमा उत्तिकै सक्रिय छन् ।

इथोपियाको राजधानी अदिस अवावामा माटोका छाप्रोमा हुर्किएका उनीहरूको सङ्घर्षको कथा पनि संसारका धेरैका लागि प्रेरणाको  स्रोत बन्न सक्छ ।

त्यसो त ओलम्पिक खेलकुदको सुरुवाती कालमा नै  उदाएका जिम थोर्पे पनि अत्यन्त गरीब परिवारमा जन्मिएका अमेरिकी  थिए । १९१२ को समय ओलम्पिकमा थोरै स्पर्धा समावेश गरिएका हुन्थे । उनले सोही  ओलम्पिकमा मोडर्न पेन्टाथलन र डेकाथलनको स्वर्ण पदक जितेका थिए । सो समयमा उनलाई संसारकै भर्सटाइल खेलाडीको रूपमा चिनिन्थ्यो ।

त्यसो त संसार  जित्ने माइक टाइसनका फ्यान अहिले पनि उत्तिकै छन् । ८०  र ९० को दशकमा टाइसनको प्रभाव त धेरैलाई याद छ । यी नै टाइसन यस्तो गरिबीमा हुर्केका थिए कि, गरिबीकै कारण  उनले बाल्यकालमा धेरै खराब सङ्गत गरे । हुल्लडवाजको लहैलहैमा लागेका उनलाई प्रहरीले कैयौँपटक पक्राउ पनि गरेको थियो ।

टेनिस स्टार नोभाक जोकोभिकको कथा त यस्तै नै छ । उनले गरिबीको  सामना गरेनन् । देश गृह युद्धको चपेटामा परिरहेको समयमा बमबारीको बीचमा पनि अभ्यास गरिरहेका थिए ।

संसारका सर्वकालीन उत्कृष्ट फुटबलर पेले पनि गरीब परिवारमा हुर्किएका थिए । ब्राजिलको ट्रस कोरकासमा जन्मिएका उनले कपडाले पोको पारेको मोजाको बल बनाएर खेल्न सिकका थिए ।

२००४ र २००५ मा बक्सिङको मिडलवेट उपाधि भएका कासिम ओमा पनि यसै किसिमको गरिबीमा हुर्किएका खेलाडी थिए ।

युगान्डाको सामान्य परिवारमा जन्मिएका उनलाई ६ वर्षको उमेरमा अपहरण गरेर नेसनल रेसिस्टेन्स आर्मीमा भर्ना गरिएको थियो । त्यसको पाँच वर्षसम्म त उनले आफ्नो अभिभावकको अनुहार समेत देख्न पाएका थिएनन् ।

एमच्योर बक्सरको रूपमा केबल तीन हार र ६२ जितको सानदार सफलता पाएका उनी आफ्नो घर परिवार सम्हाल्नै नसक्ने अवस्था देखेपछि सन् १९९६ को एटलान्टा ओलम्पिक नै छाडेर प्रोफेसनल बक्सिङमा आबद्ध भएका हुन् ।

संसारमा यस्ता धेरै उदाहरण र प्रेरणाको श्रोत हुन सक्छन् ।  यी त केबल प्रतिनिधि पात्र हुन् , जसले चरम गरीबीको बीचबाट आफूलाई बाहिर निकाल्दै संसारमा सनसनी फैलाएका छन् ।

तसर्थ गरिबी अभिशाप मात्र होइन मेहनतीका लागि वरदान हुन सक्छ । अझ खेलकुद, क्षेत्रको हकमा  । तर यसका लागि कठोर मेहनत, दृढ विश्वास तथा सही प्रशिक्षण त आवश्यक छदैँछ ।

एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : ३४ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष