विकीसँग कटरीनाले शर्तसहित गरेकी थिइन् विवाह « Khabarhub

विकीसँग कटरीनाले शर्तसहित गरेकी थिइन् विवाह


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफले दैनिक रुपमा विवाहका नदेखिएका तस्वीरहरु सामाजिक सञ्जालबाट शेयर गरिरहेका छन् । उनीहरु मंगलबार मालदिभ्समा हनिमुन मनाएर मुम्बई फर्किएका छन् । मुम्बई फर्किएपछि उनीहरुको विवाहको बारेमा एक नयाँ तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य के हो भने कटरीनाले विकीसँग शर्तसहित विवाह गरेकी रहिछन् ।

विकी र कटरीना निकट साथीहरुका अनुसार उनीहरुले करिब दुई महिनाको डेट गरेका थिए । त्यसपछि मात्र विकीले कटरीना आफ्ना लागि बनेको अनुभव गरेका थिए । तर कटरीनाले यो कुरामा चासो राखेकी थिइनन् । किनकी उनी पछिल्लो ब्रेकअपबाट मिलेको पीडामा थिइन् । उनी विकीलाई मनपराउथिइन् । तर उनको बन्नका लागि थोरै समय मागेकी थिइन् ।

कटरीना निकटका अनुसार कटरीनाले विकीसँग विवाहका लागि एउटा शर्त राखेकी थिइन् । विवाहपछि विकीले कटरीनाको परिवार, उनकी आमा र भाइ बहिनीलाई कटरीनाले दिएकै जस्तो सम्मान र माया दिनुपर्ने कटरीनाको शर्त थियो । किनकी विवाह अघि इसाबेल छोडेर कटरीनाको कुनै परिवारका सदस्यले विकीसँग भेटेका थिएनन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : ५७ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन