एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई ओलीले गराए शपथ « Khabarhub

एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई ओलीले गराए शपथ


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक कार्यक्रमा ओलीले मनोनित ४४ सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेकको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।

तर, मनोनित गरिँदा पार्टीमा लामो समय योगदान पुर्‍याएका नेता कार्यकर्तालाई बेवास्ता गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तथा कयौँ जुनियर कार्यकर्ता परेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : ४१ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन