गुल्मीमा अक्सिजन उत्पादन सुरु « Khabarhub

गुल्मीमा अक्सिजन उत्पादन सुरु


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास- गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ ।  अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो ।

रेसुङ्गा नगरपालिका–८ का ८४ वर्षीया रुद्रबहादुर भुजेलले महासङ्घद्वारा  सुरुभएको सो  अभियानमा रु १० हजार प्रदान गरेको थियो ।

‘अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर सानो सहयोग गरेको हुँ’, उनले भने, ‘अक्सिजन उत्पादन नै सुरु हुँदा खुसी लागेको छ ।’

गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो  । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो ।

पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको बताए  ।

सङ्घीय सरकारले प्लान्टको लागि रु एक करोड विनियोजन गरेको थियो । रु एक करोड ३१ लाखमा प्लान्ट निर्माण सम्पन्न  भएको थियो  । अस्पतालका प्रमुख डा उत्तम पच्याले अक्सिजन प्लान्टले आफूहरुलाई उपचारमा धेरै सहजाता मिलेको बताए । उत्पादन सुरु भएसँगै अब बाहिरबाट अक्सिजन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

प्लान्टबाट २४ घण्टामा ४०  ठूला सिलिण्डर भर्न सकिन्छ । भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पुर्‍याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् ।

‘ढुक्कसँग बिरामीको उपचार गर्न पाएका छौँ, अक्सिजन सकिने कुनै डर छैन ।’ डा पच्याले भने, ‘हामीलाई आवश्यक अक्सिजन यही उत्पादन हुँदा उपचारमा सहजता मिलेको छ ।’

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ५९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए