मह जोडी टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त « Khabarhub

मह जोडी टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होमका अध्यक्ष सरोज वलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई टेलिकमको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन मह जोडिको भूमिका सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको र मुलुककै सबैभन्दा ठूलो दुरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्राण्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस भएको बताए ।

सम्झौतापछि उनीहरुले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : ५५ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल