केयूको २७औँ दीक्षान्त समारोहः एक हजार ४४९ विद्यार्थी दीक्षित | Khabarhub Khabarhub

केयूको २७औँ दीक्षान्त समारोहः एक हजार ४४९ विद्यार्थी दीक्षित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ ।

पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएका थिए ।

कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा (श्रीमती) पङ्कज मित्तलले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्दै संस्कार, संस्कृति र सभ्यताले छिमेकीमा प्रगाढता कायम रहिरहेको बताए ।

सुन्दर मुलुक नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहिआएको चर्चा गर्दै दीक्षित स्नातक विद्यार्थी नै भविष्यको निर्माता हो भने । उनले भने,’आफ्ना सन्तानप्रति अभिभावकको सबैभन्दा ठूलो उपहार शिक्षा हो, उनीहरुको शैक्षिक उन्नयन र आकाश छुने प्रगतिमा कुनै पनि अभिभावक बाधक बन्नुहुन्न ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए ।

उनले भने, ‘विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा ब्यक्तिको मार्गदर्शन थलो हो, दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।’ उनले विभिन्न विधामा स्नातक भएका विद्यार्थीलाई उपाधी प्रदान गर्न अनुमति दिनुभएको थियो ।

विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले नेपालमा सक्रिय चिकित्सक जनशक्तिमध्ये करिब ४५ प्रतिशत काठमाडौ विश्वविद्यालयको उत्पादनले सेवा गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विश्वविद्यालयलाई शिक्षण अस्पताल निर्माणका लागि धुलिखेलको चौकोटमा ५०० रोपनी जमिन उपलब्ध गराएको स्थानमा फोक्सो अनुसन्धान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् ।

स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए ।

साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना  एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन् । यसैगरी बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका १२३ जना विद्यार्थी दीक्षित भएका हुन् ।

यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ लाई विश्वविद्यालयले पहिलोपटक उपाधी प्रदान गरेको हो ।

विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधी प्रदान गरेको थियो ।

विश्वविद्यालयबाट हालसम्म स्कुल अफ आर्टस्का तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६२८, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४, स्कुल अफ ल का ११६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६, स्कुल अफ मेडिकल साइन्सेज्का १७ हजार ६९३ र स्कुल अफ साइन्स्का तीन हजार ३९१ गरी कूल ३६ हजार ६२४ दक्ष विद्यार्थीलाई उपाधी प्रदान गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ०१ बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५