ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त | Khabarhub Khabarhub

ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष क्रिकेट टिमका ४ जना वरिष्ठ खेलाडीमाथि कारबाही गरेको छ । क्यानसँगको सेन्ट्रल कन्ट्र्याक्ट विवादमा मुछिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, फास्टबलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले कारबाही गरेको छ ।

क्यानको बोर्ड बैठकले बुधबार उनीहरु ४ जनालाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्र्याक्टबाट निलम्बन गर्ने निर्णय गरेको छ । क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्तसमेत गरेको छ ।

स्पीनर सन्दीप लामिछानेलाई नेपाली टिमको नयाँ कप्तान बनाइएको छ । सन्दी हाल बिग बास लिग खेल्न अष्ट्रेलियामा छन् । क्यानले यही डिसेम्बर २१ देखि पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षण गर्ने निर्णयसमेत गरेको छ ।

यसरी क्यानले नेपाली खेलाडीमाथि अनुसाशनको कारबाही गरेको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : २३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका