गोप्य मुद्दामा तिब्बती लेखकलाई १० वर्ष जेल सजाय « Khabarhub

गोप्य मुद्दामा तिब्बती लेखकलाई १० वर्ष जेल सजाय


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्हासा : तिब्बती लेखक गो शेराब ग्यात्सोलाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्दाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो ।

४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार व्यक्त गर्ने लेखकको रुपमासमेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए ।

सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो । हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ। एजेन्सी

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : ५५ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले