साफ यू १९ महिला फुटबलमा श्रीलंकामाथि नेपालको जित « Khabarhub

साफ यू १९ महिला फुटबलमा श्रीलंकामाथि नेपालको जित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे ।

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ ।

लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का रहेका छन् । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ । खेल आगामी पुस २ गते हुनेछ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : ४९ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी