कतारमा कोरोना खोपको दोस्रो डोज सुरू | Khabarhub Khabarhub

कतारमा कोरोना खोपको दोस्रो डोज सुरू


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सुरू गरेको छ ।

गत डिसेम्बर २३ तारिखदेखि सुरु भएको अभियानमा पहिलो डोज खोप लिने सबैलाई दोस्रो डोज पनि दिन सुरु गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो दुई व्यक्तिहरू जसले कोभिड–१९ को पहिलो डोज प्राप्त गरेका दुई व्यक्तिलाई दोस्रो डोज पनि दिइएको छ ।

कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा.अब्दुल्लाह अल कुबैसी र ८८ वर्षीय सिरियाली मोहम्मद फ्रेजाटलाई पनि दोस्रो डोज खोप दिइएको मन्त्रालयले जनाएको छ ।

यहाँको १० स्वास्थ्य केन्द्रमार्फत ६५ वर्षभन्दा माथिका मानिसहरूलाई र केही स्वास्थ्यकर्मीहरूलाई खोप दिइरहेको छ । यो खोपको पहिलो चरण जनवरी ३१ सम्म जारी रहने मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सावधानी अपनाउँदै खोपको पहिलो मात्रा लिएका सबै व्यक्तिहरुलाई तोकिएको मितिमा गई दोस्रो खोप लिनसमेत अनुरोध गरिएको छ ।

यसैबीच कतारले अर्को हप्ता भित्रमा दोश्रो चरणका लागि खोप (भ्याक्सिन) कतार आइपुग्ने अपेक्षा गरिरहेको जनाएको छ ।

कतारले सन् २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

कतारमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४६ हजार ८८५ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ४३ हजार ४३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्य २४६ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ३० बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि