जर्मन बुन्डेस लिगा : उपाधि दाबेदार बायर्नको अर्मेनियासँग बराबरी « Khabarhub

जर्मन बुन्डेस लिगा : उपाधि दाबेदार बायर्नको अर्मेनियासँग बराबरी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन बुन्डेस लिगाको उपाधि दाबेदार बायर्न म्युनिख रेलिगेसन जोनको अर्मेनिया बिलेफिल्डसँग बराबरीमा रोकिएको छ ।

बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे ।

बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे ।

२–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गर्दै बायर्नको हार टारेका थिए ।

बराबरीपछि पनि बायर्नको २१ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ । अर्मेनिया १८ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : १० बजे

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले