थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण | Khabarhub Khabarhub

थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा भगवानको पूजाको जति महत्व छ त्यति नै पूजा सामग्रीको पनि महत्व रहेको छ । पूजा सामाग्रीलाई समेत हिन्दुहरु श्रद्धा गर्दछन् । पूजामा प्रयोग हुने हरेक चीजको विशेष महत्व रहने गरेको छ ।

पूजा र अनुष्ठानका क्रममा कपूरको समेत प्रयोग गरिन्छ । भगवानको पूजामा कपूरको प्रयोग नभए पुर्ण पूजा भएको मानिदैन । पूजाका अलावा कपूरको प्रयोग वास्तुशास्त्रमा नकारात्मक ऊर्जा नष्ट गर्न समेत प्रयोग गरिन्छ । के के छन् कपूर प्रयोगका लाभ ?

घरमा वास्तुदोष रहेमा घरको सुख, शान्ति भंग हुने र कलह हुने गर्दछ । पसल वा व्यावसायीक प्रतिष्ठानमा वास्तुदोष भए घाटा हुन्छ । यस्तोमा घर वा पसलमा कपूर राखेमा वास्तुदोष वा नकारात्मक ऊर्जा नष्ट भई धन लाभ हुने धार्मीक मान्यता छ ।

यदि कतै सापटी वा ऋण दिएको धन अड्किरहेको छ वा आम्दानीभन्दा बढि खर्च हुने गरेको छ भने रातो गुलाफको फूलमा बालेको कपूर राखी देवी दुर्गामा अर्पित गरेमा यी सबै समस्या नष्ट भई धन लाभको योग बन्नेछ ।

यदि लगातार अनावश्यक खर्च भइरहेको छ भने साँझमा कपूरको दियो बालेर घर वरिपरी घुमाएर अन्त्यमा माता लक्ष्मीको आरती गर्दै घरको मन्दिरमा राखेमा धन लाभ र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ ।

ज्योतिषशास्त्र अनुसार पितृदोष वा राहु केतुको खराब प्रभावबाट बच्न दैनिक घरमा कपूर बालेमा लाभ प्राप्त हुन्छ । आकस्मिक दुर्घटना वा जोखिमबमाट बच्न साँझमा हनुमान चालीसाको पाठ गरी कपूरमा ल्वाङ राखेर आरती गर्नु पर्दछ ।

यदि लामो समयदेखि भाग्यले साथ दिएको छैन वा मनोवाञ्छित फल प्राप्त भएको छैन भने भाग्य चम्काउन नुहाउँदा पानीमा कपूरको तेलका केही थोपा राखेर नुहाउनु पर्ने मान्यता छ । यसले शरीरका साथै भाग्यमा समेत सकारात्मक ऊर्जा प्राप्त हुने गर्दछ ।

वास्तु अनुसार, लामो प्रयाशका वावजुद काम बनिरहेको छैन भने चाँदीको कचौरामा नियमित रूपमा ल्वाङ र कपूर बालेर पूरै घरमा घुमाउनु पर्दछ । यसले जीवनमा आउने समस्त बाधा सुधार भएर जानेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ३९ बजे

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल