अष्ट्रेलियामा तयार भयो ‘पर्पला’ « Khabarhub

अष्ट्रेलियामा तयार भयो ‘पर्पला’


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले फिल्म ‘पर्पला’ निर्माण गरेका छन् । आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको फिल्मको प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् ।

हलिउडका प्राविधिक र नेपाली कलाकारको सहकार्यमा निर्माण भएको फिल्ममा निखिला चपागाईं, पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, प्रेक्षा अधिकारीलगायतको अभिनय रहेको छ । फिल्ममा मनोज अधिकारीको निर्देशन छ ।

अष्ट्रेलियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिलाले यही फिल्ममार्फत अभिनयमा डेब्यू गर्दैछिन् । नृत्य र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका रुपमा व्यस्त छिन् ।

प्रस्तुतकर्ता भानुप्रतापका अनुसार फिल्ममा अष्ट्रेलियामा घटेको एक वास्तविक घटनाको कथालाई उतारिनेछ । रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली र छवि अधिकारी निर्माता रहेको फिल्ममा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइली सह–निर्माता छन् ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ११ : ४० बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख