अष्ट्रेलियामा तयार भयो ‘पर्पला’ | Khabarhub Khabarhub

अष्ट्रेलियामा तयार भयो ‘पर्पला’


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले फिल्म ‘पर्पला’ निर्माण गरेका छन् । आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको फिल्मको प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् ।

हलिउडका प्राविधिक र नेपाली कलाकारको सहकार्यमा निर्माण भएको फिल्ममा निखिला चपागाईं, पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, प्रेक्षा अधिकारीलगायतको अभिनय रहेको छ । फिल्ममा मनोज अधिकारीको निर्देशन छ ।

अष्ट्रेलियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिलाले यही फिल्ममार्फत अभिनयमा डेब्यू गर्दैछिन् । नृत्य र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका रुपमा व्यस्त छिन् ।

प्रस्तुतकर्ता भानुप्रतापका अनुसार फिल्ममा अष्ट्रेलियामा घटेको एक वास्तविक घटनाको कथालाई उतारिनेछ । रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली र छवि अधिकारी निर्माता रहेको फिल्ममा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइली सह–निर्माता छन् ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ११ : ४० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन