सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ « Khabarhub

सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसीको शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले बस्नेतलाई मंगलबार काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो। बस्नेतलाई पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

आफूलाई बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गत आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी थिइन्।

बस्नेतले युट्युबमा आफ्ना नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले उनीविरुद्ध गत आइतबार काठमाडौँ परिसरमा जाहेरी दिएकी थिइन ।

काठमाडौँमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

यो पनि पढौँ

विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी 

बस्नेतविरुद्ध उजुरी दिएकी सपनाद्वारा गृहमन्त्रीसमक्ष न्यायको याचना 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ०८ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर