गड्डा चौकी नाका सहज बनाउन व्यवसायीको माग « Khabarhub

गड्डा चौकी नाका सहज बनाउन व्यवसायीको माग


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डा चौकी नाका पूर्ण रुपमा खुलाउन स्थानीय आठ वटा व्यवसायी संघले माग गरेका छन् ।

सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै गड्डा चौकी नाका र डोकेबजारस्थित गौरीफन्टा नाका पुनः सञ्चालन गरिएको बताए पनि गड्डा चौकी नाका भने सहज भइसकेको छैन ।

कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाईमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोमार्फत व्यवसयी तथा व्यापारीले नाका सहज बनाउन माग गरेका हुन ।

सो सम्बन्धि ज्ञापन बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले सरकारले नाका खुलेको घोषणा गरे पनि गड्डा चौकी नाकामा आवागमन सहज नभएको बताए ।

उनले भारत जाने नेपाली मजदुरलाई प्रक्रिया पूरा गरी निश्चित समय आउन जान दिइए पनि किनमेलका लागि सीमावर्ती भारतीय बजार जान रोक नै लगाइएको बताए ।

“भारतबाट सामान आयात भइरहेपनि भारतीयलाई यहाँबाट निर्वाध आउन अझै रोकिएको छ”, उनले भने, “केन्द्रले नाका खुलाउने तर स्थानीय प्रशासनले कडाइ गर्दा यात्रुहरु पनि समस्यामा परेका छन् ।”

उनले नाका नखुल्दा व्यापारी तथा व्यवसायी पनि प्रभावित भइरहेको जानकारी दिए ।

नाका खुलाउन माग गर्दै उद्योग वाणिज्य संघसँगै महाकाली यातायात प्रालि, पवनदूत यातायात सार्वजनिक प्रालि, कञ्चनपुर होटल व्यवसायी संघ, मण्डी व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, नमस्ते शुक्लाफाँटा यातायात प्रालि र हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघको पदाधीकारीको टोलीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ४२ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक