गड्डा चौकी नाका सहज बनाउन व्यवसायीको माग | Khabarhub Khabarhub

गड्डा चौकी नाका सहज बनाउन व्यवसायीको माग


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डा चौकी नाका पूर्ण रुपमा खुलाउन स्थानीय आठ वटा व्यवसायी संघले माग गरेका छन् ।

सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै गड्डा चौकी नाका र डोकेबजारस्थित गौरीफन्टा नाका पुनः सञ्चालन गरिएको बताए पनि गड्डा चौकी नाका भने सहज भइसकेको छैन ।

कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाईमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोमार्फत व्यवसयी तथा व्यापारीले नाका सहज बनाउन माग गरेका हुन ।

सो सम्बन्धि ज्ञापन बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले सरकारले नाका खुलेको घोषणा गरे पनि गड्डा चौकी नाकामा आवागमन सहज नभएको बताए ।

उनले भारत जाने नेपाली मजदुरलाई प्रक्रिया पूरा गरी निश्चित समय आउन जान दिइए पनि किनमेलका लागि सीमावर्ती भारतीय बजार जान रोक नै लगाइएको बताए ।

“भारतबाट सामान आयात भइरहेपनि भारतीयलाई यहाँबाट निर्वाध आउन अझै रोकिएको छ”, उनले भने, “केन्द्रले नाका खुलाउने तर स्थानीय प्रशासनले कडाइ गर्दा यात्रुहरु पनि समस्यामा परेका छन् ।”

उनले नाका नखुल्दा व्यापारी तथा व्यवसायी पनि प्रभावित भइरहेको जानकारी दिए ।

नाका खुलाउन माग गर्दै उद्योग वाणिज्य संघसँगै महाकाली यातायात प्रालि, पवनदूत यातायात सार्वजनिक प्रालि, कञ्चनपुर होटल व्यवसायी संघ, मण्डी व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, नमस्ते शुक्लाफाँटा यातायात प्रालि र हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघको पदाधीकारीको टोलीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ४२ बजे

सरकार र दलहरूलाई जेन-जीले भने – सुशासन र भ्रष्टाचारी विरुद्धको कारबाहीमा सँगसँगै काम गर्नुपर्छ

काठमाडौं– जेनजीहरूले सरकार र दलहरूसँगको छलफलमा आफ्नो मागहरू देशको सुशासन

अर्थसंक्षेप : २ सय मेगावाट विद्युत् खेर, वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात र ५.१७ अंकले घट्यो नेप्से

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ