—जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने र त्यसपछि घाममा राम्रोसँग सुकाउने र त्यसलाई पिसेर तयार पारिएको धुलोलाई ३/४ ग्रामको दरमा थोरै वीरेनुन, भुटेको जीरा, पिसेको ज्वानोलाई मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ खानाले अनिन्द्रालाई घटाउँछ ।
—यसले खानालाई रुची बढाउँछ ।
—जटामसीको जरालाई हल्का थिचेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।
—३/४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दूधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।
—यसले औषधी रक्त चापका रोगीहरुको लागि उपयोगी हुन्छ । छारे रोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।
—जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने र उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो सफा गर्नाले कपाल र मुहारलाई सुन्दर आकर्षक बनाउँछ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया