‘प्रणाम’ एक प्रेरक प्रसङ्ग « Khabarhub

‘प्रणाम’ एक प्रेरक प्रसङ्ग


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा सम्पन्न बस्तीमा एक गरिब कलाकार बस्थे । गाउँबाट बाहिर जाने समयमा बाटोमा भेटेजति सबैलाई विनम्रतापूर्वक प्रणाम गर्थे ।

एक दिन बस्तीका सम्पन्न नागरिकलाई राजदरबारबाट निमन्त्रणा आयो । उनीहरु सबै त्यहाँ पुगे । राजासहित कर्मचारीले उनीहरुको स्वागत गरे ।

त्यस वेला उनीहरुले बस्तीको त्यो गरिब कलाकार पनि त्यहीँ पुगेको र स्वयम् महाराजले उठेर उनलाई सम्मानसहित आफ्नो नजिक बस्न भनिरहेको देखे ।

सबै देखेर बस्तीका मानिस छक्क परे ।

दोस्रो दिन उनीहरुले कलाकारसँग सोधे— ‘हामीले तिमीलाई साधारण मानिस सम्झिरहेका थियौँ । तिम्रो त राजदरबारसम्म सम्मान रहेछ, तिमीले हामीलाई बताउँदा पनि बताएनौँ ?’

कलाकारले विनम्रतापूर्वक भने— ‘यसमा बताउने कुरा के छ र ? जसले कलालाई बुझ्छन् उनीहरु त्यसलाई प्रणाम गर्छन् र जसले बुझ्दैनन् उनीहरुलाई म प्रणाम गर्छु ।’

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब