मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोलले हराएको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक गोल फर्काए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७औँ खेलको कोशेढुंगा पार गरे ।

मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । हुयस्का २० अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ३९ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका