लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते « Khabarhub

लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा आज दिउँसो चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।

मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको छ ।

घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना