बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता « Khabarhub

बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा बाघले फेरि एक महिला बेपत्ता पारेको छ । ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरी वेपत्ता पारेको हो ।

मंगलबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा​ निउरो टिप्न गएका बेला पाटेबाघले रावतलाई आक्रमण गरेको थियो । उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन् । बाघको आक्रमणबाट वेपत्ता भएकी रावतको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए।

यसअघि फागुन २६ गते मात्रै जंगलमा घाँस काट्न गएकी एक महिलालाई पाटेबाघले आक्रमण गरी ज्यान लिएको थियो । फागुन १७ गते पनि सामुदायिक वनमा भैँसी चराउन गएका गेरुवा गाउँपालिकाका एक जनालाई बाघले आक्रमण गरी ज्यान लिएको थियो।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ। पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०१ बजे

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका