कोरोना संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको आग्रह | Khabarhub Khabarhub

कोरोना संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको आग्रह


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थी  वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ ।

कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘संक्रमण भएका विद्यालय एक साताको लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’

संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

काठमाडौँ महानगरले जारी गरेको सूचना

त्यस्तै बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ वटा जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा