अभिनयमा हिरो, नृत्यमा जिरो « Khabarhub

अभिनयमा हिरो, नृत्यमा जिरो


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अहिलेका दर्शकहरु अभिनयसँगै राम्रो नाँच्न सक्नेलाई मात्र वास्तविक हिरो मान्दछन् । फिल्ममा गीतले प्राथमिकता पाउन थालेपछि कलाकारलाई पनि नृत्य सिक्नु अनिवार्य झैं बनेको छ ।

बलिउडको कुरा गर्दा ऋतिक रोशन, वरुण धवन, शाहिद कपूर, गोविन्दा, टाइगर श्राफ जस्ता कलाकार नृत्यमा अब्बल मानिन्छन् ।

अमर उजालाले बलिउडमा दमदार एक्सन र अभिनयमा हिरो भए पनि नृत्यमा भने जिरो हुने कलाकारको सूची तयार पारेको छ ।

अभिनेता नाना पाटेकर बलिउडमा जुनसुकै भूमिकामा अभिनय गर्न सक्ने पोख्त अभिनेता मानिन्छन् । दमदार संवाद बोल्न सक्ने नानाले एक्सन, कमेडी, गम्भीर तरहको फिल्ममा काम गरे ।

तर नृत्यको मामलामा नाना अन्य हिरो भन्दा पछि नै रहे । उनले पर्दामा कहिल्यै नृत्य गरेनन्, तर जब उनी नाँच्थे, दर्शकमाझ हाँसोको फोहोरा नै छुट्थ्यो ।

अभिनेता अजय देवगन बलिउडका राम्रा अभिनेतमा पर्दछन् । उनी पर्दामा आँखाबाट अभिनय गर्न सक्ने अभिनेताका रुपमा चिनिन्छन् । फिल्ममा नाँच्नको मामलामा अजय उत्तिकै कमजोर छन् । जसकारण पनि उनको नृत्यलाई दर्शकले मनपराउन सकेका छैनन् ।

नवाजुद्दीन सिद्धिकी बलिउडमा आफ्नो दमदार अभिनयका लागि चिनिन्छन् । उनको बोल्ने र अभिनयको शैलीबाट दर्शक निकै प्रभावित छन् ।

उनको डान्सिङ शैली राम्रो छैन । त्यहीकारण उनी फिल्ममा अभिनय गर्दा निर्माता वा निर्देशकलाई भरसक नाँच्ने दृश्य नराख्न अनुरोध गर्छन् ।

अभिनेता ज्याकी श्राफले आफ्नो अभिनयले जोकोहीलाई दिवाना बनाएका छन् । विशेष गरी युवतीहरु उनको रोमान्स गर्ने शैलीबाट प्रभावित छन् । फिल्ममा उनको खलनायक चरित्रबाट पनि दर्शकले उत्तिकै मनोरञ्जन लिइरहेका छन् ।

यति हुँदाहुँदै पनि नृत्यको मामलामा ज्याकी पछाडि नै छन् । उनका छोरा टाइगर बलिउडको हिट डान्सरमा गनिन्छन् । तर बाबु ज्याकीमा भने छोराको गुण देखिएको छैन ।

अभिनेता सनी देओल संवाद बोल्न र दमदार अभिनयका लागि परिचित अभिनेता हुन् । यद्यपि उनी राम्रो नाँच्न सक्दैनन् । उनले पर्दामा धेरै नृत्य गरेपनि उनको नृत्यलाई हेरेर दर्शक हाँस्ने गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ३० बजे

विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल

विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत

कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन १० गते आइतबार फागुन