अभिनयमा हिरो, नृत्यमा जिरो « Khabarhub

अभिनयमा हिरो, नृत्यमा जिरो


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अहिलेका दर्शकहरु अभिनयसँगै राम्रो नाँच्न सक्नेलाई मात्र वास्तविक हिरो मान्दछन् । फिल्ममा गीतले प्राथमिकता पाउन थालेपछि कलाकारलाई पनि नृत्य सिक्नु अनिवार्य झैं बनेको छ ।

बलिउडको कुरा गर्दा ऋतिक रोशन, वरुण धवन, शाहिद कपूर, गोविन्दा, टाइगर श्राफ जस्ता कलाकार नृत्यमा अब्बल मानिन्छन् ।

अमर उजालाले बलिउडमा दमदार एक्सन र अभिनयमा हिरो भए पनि नृत्यमा भने जिरो हुने कलाकारको सूची तयार पारेको छ ।

अभिनेता नाना पाटेकर बलिउडमा जुनसुकै भूमिकामा अभिनय गर्न सक्ने पोख्त अभिनेता मानिन्छन् । दमदार संवाद बोल्न सक्ने नानाले एक्सन, कमेडी, गम्भीर तरहको फिल्ममा काम गरे ।

तर नृत्यको मामलामा नाना अन्य हिरो भन्दा पछि नै रहे । उनले पर्दामा कहिल्यै नृत्य गरेनन्, तर जब उनी नाँच्थे, दर्शकमाझ हाँसोको फोहोरा नै छुट्थ्यो ।

अभिनेता अजय देवगन बलिउडका राम्रा अभिनेतमा पर्दछन् । उनी पर्दामा आँखाबाट अभिनय गर्न सक्ने अभिनेताका रुपमा चिनिन्छन् । फिल्ममा नाँच्नको मामलामा अजय उत्तिकै कमजोर छन् । जसकारण पनि उनको नृत्यलाई दर्शकले मनपराउन सकेका छैनन् ।

नवाजुद्दीन सिद्धिकी बलिउडमा आफ्नो दमदार अभिनयका लागि चिनिन्छन् । उनको बोल्ने र अभिनयको शैलीबाट दर्शक निकै प्रभावित छन् ।

उनको डान्सिङ शैली राम्रो छैन । त्यहीकारण उनी फिल्ममा अभिनय गर्दा निर्माता वा निर्देशकलाई भरसक नाँच्ने दृश्य नराख्न अनुरोध गर्छन् ।

अभिनेता ज्याकी श्राफले आफ्नो अभिनयले जोकोहीलाई दिवाना बनाएका छन् । विशेष गरी युवतीहरु उनको रोमान्स गर्ने शैलीबाट प्रभावित छन् । फिल्ममा उनको खलनायक चरित्रबाट पनि दर्शकले उत्तिकै मनोरञ्जन लिइरहेका छन् ।

यति हुँदाहुँदै पनि नृत्यको मामलामा ज्याकी पछाडि नै छन् । उनका छोरा टाइगर बलिउडको हिट डान्सरमा गनिन्छन् । तर बाबु ज्याकीमा भने छोराको गुण देखिएको छैन ।

अभिनेता सनी देओल संवाद बोल्न र दमदार अभिनयका लागि परिचित अभिनेता हुन् । यद्यपि उनी राम्रो नाँच्न सक्दैनन् । उनले पर्दामा धेरै नृत्य गरेपनि उनको नृत्यलाई हेरेर दर्शक हाँस्ने गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ३० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा