बाह्र दिनसम्म ननुहाई निरन्तर सुटिङ « Khabarhub

बाह्र दिनसम्म ननुहाई निरन्तर सुटिङ


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कलाकारहरुले आफ्नो चरित्रलाई न्याय दिनका लागि खुबै मेहनत गर्छन् । यो मामलामा अभिनेता आमिर खान अझ अनुभवी छन् ।

‘३ इडियट्स’, ‘दंगल’ जस्ता फिल्ममा दमदार अभिनय गरेका यी अभिनेता भारतका उत्कृष्ट अभिनेतामा पर्छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार आमिर आफ्नो चरित्रलाई कतिसम्म न्याय दिन्छन् भन्ने कुरा फिल्म ‘गुलाम’को एक उदाहरणलाई हेरे पुग्छ । यो फिल्मको एक दृश्य छायांकनमा उनी मृत्यु नजिक नै पुगेका थिए ।

फिल्म ‘होली’बाट अभिनय दुनियाँमा पाइला चालेपनि आमिरले ‘कयामत से कयामत तक’बाट पहिचान पाए । फिल्म सुपरहिट भएपछि उनी रातारात प्रख्यात बने । यो फिल्मपछि उनले एकैपटक करिब नौ फिल्म साइन गरेका थिए ।

फिल्म ‘गुलाम’को एक किस्सा सायद दर्शकलाई कमै मात्र थाहा होला । फिल्मको क्लाइमेक्स दृश्य पुरा गर्नका लागि उनले १२ दिनसम्म नुहाएका थिएनन् ।

यो फिल्मको क्लाइमेक्स दृश्य खिच्न झण्डै १२ दिन समय लागेको थियो । क्लाइमेक्समा आमिरलाई भिलेनले निकै कुट्छन् । जसकारण उनको अनुहारमा रंग र फोहोर जम्मा भएको थियो । उनले क्लाइमेक्स पुरा हुञ्जेलसम्म आफ्नो अनुहारको सटीकता र मेकअपलाई हट्न नदिन १२ दिनसम्म नुहाएनन् ।

फिल्ममा उनले सिद्धार्थ मराठेको भूमिका निभाएका थिए । जहाँ रानी मुखर्जी उनको अपोजिटमा थिइन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : २० बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर