बाह्र दिनसम्म ननुहाई निरन्तर सुटिङ « Khabarhub

बाह्र दिनसम्म ननुहाई निरन्तर सुटिङ


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कलाकारहरुले आफ्नो चरित्रलाई न्याय दिनका लागि खुबै मेहनत गर्छन् । यो मामलामा अभिनेता आमिर खान अझ अनुभवी छन् ।

‘३ इडियट्स’, ‘दंगल’ जस्ता फिल्ममा दमदार अभिनय गरेका यी अभिनेता भारतका उत्कृष्ट अभिनेतामा पर्छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार आमिर आफ्नो चरित्रलाई कतिसम्म न्याय दिन्छन् भन्ने कुरा फिल्म ‘गुलाम’को एक उदाहरणलाई हेरे पुग्छ । यो फिल्मको एक दृश्य छायांकनमा उनी मृत्यु नजिक नै पुगेका थिए ।

फिल्म ‘होली’बाट अभिनय दुनियाँमा पाइला चालेपनि आमिरले ‘कयामत से कयामत तक’बाट पहिचान पाए । फिल्म सुपरहिट भएपछि उनी रातारात प्रख्यात बने । यो फिल्मपछि उनले एकैपटक करिब नौ फिल्म साइन गरेका थिए ।

फिल्म ‘गुलाम’को एक किस्सा सायद दर्शकलाई कमै मात्र थाहा होला । फिल्मको क्लाइमेक्स दृश्य पुरा गर्नका लागि उनले १२ दिनसम्म नुहाएका थिएनन् ।

यो फिल्मको क्लाइमेक्स दृश्य खिच्न झण्डै १२ दिन समय लागेको थियो । क्लाइमेक्समा आमिरलाई भिलेनले निकै कुट्छन् । जसकारण उनको अनुहारमा रंग र फोहोर जम्मा भएको थियो । उनले क्लाइमेक्स पुरा हुञ्जेलसम्म आफ्नो अनुहारको सटीकता र मेकअपलाई हट्न नदिन १२ दिनसम्म नुहाएनन् ।

फिल्ममा उनले सिद्धार्थ मराठेको भूमिका निभाएका थिए । जहाँ रानी मुखर्जी उनको अपोजिटमा थिइन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : २० बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,