ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस « Khabarhub

ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस



काठमाडौँ – फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ ।

सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए ।

विधानअनुसार कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय भएको इञ्चार्ज कणेलले बताए । उनले भने, ‘पार्टी विधानविपरित जाने चार जना सांसदलाई विधानअनुसार नै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका छौं ।’

उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन ।’

उनले विधानअनुसार प्रदेशले केन्द्रलाई सिफारिस गर्नसक्ने व्यवस्था रहेको र त्यहीअनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।

अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका माधव नेपाल पक्षका चार सांसदले शुक्रबार विश्वासको मत दिएर पद जोगाइ दिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : २६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा