मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, चार अन्तर्राष्ट्रिय विमान डाइभर्ट « Khabarhub

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, चार अन्तर्राष्ट्रिय विमान डाइभर्ट


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको मौसममा आएको प्रतिकूलताले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

शुक्रबार अपरान्हपछि काठमाडौँ उपत्यकाको मौसम खराब भएको थियो । मघगर्जनसहित वर्षा भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न सक्ने अवस्था बनेन ।

विमानस्थल कार्यालयका अनुसार मौसम खराबीका कारण ४ वटा अन्तर्राष्ट्रिय विमानलाई भारततर्फ डाइभर्ट गरिएको छ । यस्तै आन्तरिक हवाई उडानसमेत प्रभावित भएका छन् ।

साउदीको दमामबाट काठमाडौँ आउँदै गरेको हिमालय एयरलाइन्स र नयाँ दिल्लीबाट आएको एयर इण्डियाको विमानलाई भारतको वनारस डाइभर्ट गरिएको छ । यस्तै कतारको दोहाबाट आएको कतार एयरवेजको विमानलाई भारतको कोलकाता डाइभर्ट गरिएको छ ।

उता, दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको विमानलाई दिल्ली नै फिर्ता पठाइएको छ ।

आन्तरितकतर्फ ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरिएको हो । विमानस्थल कार्यालयले अहिले ४ हजार मिटरको भिजिबिलिटी रहेको र मौसममा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार