कर्णाली प्रकरणपछि शंकर पाखरेलको प्रतिक्रिया : समयमै सचेत बनौं « Khabarhub

कर्णाली प्रकरणपछि शंकर पाखरेलको प्रतिक्रिया : समयमै सचेत बनौं


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समयमै पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशमा शुक्रबार एमालेकै सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै पोखरेलले पार्टीमा समानान्तर गतिविधिको गन्तव्य कर्णालीकै जस्तो हुने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौँ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौँ ।’

मुख्यमन्त्री पोखरेलको सरकारमाथि पनि संकटको बादल मडारिरहेको छ । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरिसकेका छन् ।

समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौ ।

Posted by Shankar Pokhrel on Friday, April 16, 2021

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ५८ बजे

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका