टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने | Khabarhub Khabarhub

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।

“वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख ९ देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ,” उनले भने ।

यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : १५ बजे

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर – दार्चुलाको मालिकार्जून गाउँपालिका-५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ १७ गते शनिबार। जेठ

आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १७ गते शनिबार। जेठ

ट्रम्पलाई एकसाथ तीन ठूला झट्का, मस्कले छोडेसँगै सुरू भएको हो उल्टो गन्ती ?

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र