कोहलपुरमा बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ४१ घाइते (अपडेट) | Khabarhub Khabarhub

कोहलपुरमा बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ४१ घाइते (अपडेट)


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको कोहलपुर नगरापालिका–१३ रोहिणी खोला नजिक बस र टिपर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना अ क–४१ नम्बरको टिपर शुक्रबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते छन् ।घाइतेहरु सबैको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याए एलगत्तै मृत्यु भएको डिएसपी खनालले जानकारी दिए ।

दुर्घटनामा टिपरका सहचालक बाँके नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाँठा, सोही ठाउँका टिपर चालक २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साताखानी ७ बस्ने वर्ष ४१ का जीवनकुमार बिक, झापा मेचीनगर-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल र नाम थर नखुलेकी अन्दाजी ३०-३५ वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिएसपी खनालका अनुसार टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिपरभित्र रहेका घाइतेको उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : १२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर