कोहलपुरमा बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ४१ घाइते (अपडेट) « Khabarhub

कोहलपुरमा बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ४१ घाइते (अपडेट)


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको कोहलपुर नगरापालिका–१३ रोहिणी खोला नजिक बस र टिपर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना अ क–४१ नम्बरको टिपर शुक्रबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते छन् ।घाइतेहरु सबैको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याए एलगत्तै मृत्यु भएको डिएसपी खनालले जानकारी दिए ।

दुर्घटनामा टिपरका सहचालक बाँके नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाँठा, सोही ठाउँका टिपर चालक २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साताखानी ७ बस्ने वर्ष ४१ का जीवनकुमार बिक, झापा मेचीनगर-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल र नाम थर नखुलेकी अन्दाजी ३०-३५ वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिएसपी खनालका अनुसार टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिपरभित्र रहेका घाइतेको उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : १२ बजे

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि