ल्हासा नगरबाट काठमाडौँ महानगरपालिकालाई चार थान भेन्टिलेटर सहयोग « Khabarhub

ल्हासा नगरबाट काठमाडौँ महानगरपालिकालाई चार थान भेन्टिलेटर सहयोग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ ।

काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो ।

गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएका छन् । उक्त यन्त्र पनि हाल प्रयोगमा रहेका छन् ।

भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, “काठमाडौँका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ ।” ज्ञवालीका अनुसार प्राप्त सामग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ ।

भगिनी सम्बन्ध भएका चीनका अन्य नगरले पनि महामारीको समयमा सघाउने इच्छा व्यक्त गरेको कामपाले जनाएको छ ।

जापानको मात्सुमोतो, कोरियाको सउल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् । यद्यपि हवाई यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ ।

सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य रु एक करोड ५० लाख रहेको छ । उक्त सामग्री वैशाख ३१ गते कामपामा आइपुगेको हो । उक्त प्राप्त सामग्रीमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ । हाम्रो मित्रता सधैँ रहिरहनेछ’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रहिरहन्छ’ भनी लेखिएको छ ।

कामपाले १८ वटा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापित गरिसकेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ४० बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको