शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक « Khabarhub

शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै आगामी जेठ ५ देखि १८ गतेसम्म दोस्रो चरणको आन्दोलन शुरु गर्ने जनाएको छ ।

दोस्रो आन्दोलनको पहिलो दिन जेठ ५ गते महासंघले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने बुझाउने जनाएको छ ।

उक्त खुलापत्रलाई सोही दिन सबै शिक्षक कर्मचारीले सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर गरेर महासंघलाई समर्थन गर्ने छन् ।

त्यस्तै ७ गते सबै शिक्षक,कर्मचारीले शिक्षा मन्त्री र अर्थ मन्त्रीको मोवाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक,कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारालाई मसेज पठाउने जारी विज्ञप्तिमा भनिएको छ ।

जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका सचेतक तथा महासघंबीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तक्रिया तथा छलफल गर्ने जनाईएको छ ।

११ गते सबै शिक्षक तथा कर्मचारीले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखि छातिमा टाँस्ने र टाउकोमा कालोपट्टी बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक पोस्ट गर्ने ।

त्यस्तै १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले शिक्षामन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका सघीय तथा प्रदेश सभाका माननीय सांसदहरुको इमेल तथा म्यासेन्जरमा पठाउने र १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

महासंघले यसअघि पहिलो चरणको आन्दोलन कार्यक्रम गत वैशाख २० देखि ३१ गतेसम्मको लागि सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा पनि विभिन्न क्रियाकलाप गरेर महासंघले आफ्ना मागहरु राखेका थियो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : ४२ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र