तौल घटाउने बहानामा गर्न नहुने ७ गल्ती | Khabarhub Khabarhub

तौल घटाउने बहानामा गर्न नहुने ७ गल्ती


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपनाबाट वाक्क भएका मानिस कसरी आफ्नो वजन घटाउने भन्ने ध्याउन्नमा हुन्छन् ।

यस्तोमा कतिपय अवस्थामा मानिसले यस्ता केहि गल्ती गर्न पुग्छन् जो वजन घटाउने नाममा हानिकारक छन् ।

के के हुन् ती गल्ती ?

१. खान छाड्ने
तौल घटाउँने नाममा धेरैले गर्ने काम भनेको खान छाड्ने हो । यस्तोमा मानिस लामो समय भोकभोकै बस्छन् । तर यो बेकार छ । यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ साथै शरिर आलस्य र बिरामी बनाउँछ ।

२. औषधीको सेवन
सजिलै तौल घटाउने नाममा केहिले औषधीको सेवन गर्दछन् । तर, यसले स्वास्थ्यमा गम्भीर असर पार्दछ । वजन घटाउन पनि सन्तुलित भोजन र व्यायामसँगै पोषणयुक्त खानेकुरा आवश्यक पर्दछ जो औषधीले भरपुर गर्न सक्दैन ।

३. जबर्जस्ती वान्ता गर्ने
केही व्यक्ति मन लागेको खानेकुरा खाएर भोक मेटीएपछि केही बेरमै जवरजस्ती वान्ता गर्छन । तर यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पार्दछ । साथै खन्चुवा बनाउँछ ।

४. पखला लगाउने
केहिले मोटोपन घटाउन पखाला चलाउने औषधी खान्छन् । तर लामो समय पखाला लाग्दा शरीरमा पानीको अभाव हुनुका साथै पेट सम्बन्धित अन्य समस्या पनि उत्पन्न हुन्छ ।

५. धुमपान
केही मानिस भोक दबाउन धुमपान गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्दछ । तर, यसले शरिरमा हानी पुर्याउनुका साथै क्यान्सरको जोखिम बढ्छ ।

६. अत्यधिक व्यायाम
मानिसले दुब्लाउन सबैभन्दा झ्याउ मान्ने बिषय भनेको व्यायाम हो । तर केहिले भने अत्यधिक व्यायाम गर्दछन् । परिणाम शरिर घाइते हुन्छ र मुटुमा पनि असर पुग्न सक्छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : १६ बजे

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित