एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन | Khabarhub Khabarhub

एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधावकुरमा नेपाल र झलनाथ खनाल पक्षबीचको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो ।

एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको हो । अध्यक्ष ओली र वरिष्ठ नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको हो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ ।’

वार्ता टोलीलाई तीन दिनको समय दिने भनिएपछि केहि दिन बढि दिएर पार्टी एकतालाई कायम राख्न प्रयास गरिने नेता नेपालले बताए ।

गत शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको एमाले नेताहरुको बैठकले कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र  वरिष्ठ नेता नेपाललाई दिने सहमति गरेको थियो ।

उक्त बैठकमा २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने विषयमा सहमति भएको थियो

केही दिन अघि व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको ओली र नेता नेपालबीच भएको भेटपछि कार्यदल गठन गरी विवाद समाधान गर्ने सहमति भएको थियो । एमालेभित्रको विवाद उत्कर्षमा पुगेपछि खनाल–नेपाल समूह राजनीमा दिने स्थितिमा पुगेका थिए । तर, ओलीसँगको विवाद समाधानउन्मुख भएको हो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : २२ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५