नेपाली अनुसन्धानकर्तालाई अमेरिकामा डेढ करोडको अवार्ड | Khabarhub Khabarhub

नेपाली अनुसन्धानकर्तालाई अमेरिकामा डेढ करोडको अवार्ड


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अर्वाड पाएका छन् ।

अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीले डेढ करोडको फेलोसिप अवार्ड पाएका हुन् ।

स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. मरासिनीलाई १ लाख ३० हजार डलरको अनुसन्धान वृत्ति मेरिलेन्ड स्टेम सेल रिसर्च फाउण्डेशनले प्रदान गरेको हो ।

उनको मल्टिपल स्क्लेरोसिसको अध्ययन गर्नका लागि उक्त अनुसन्धान रकम दिइएको हो । मल्टिपल स्क्लेरोसिस एक विशेष प्रकारको स्नायुमा लाग्‍ने रोग हो । मल्टिपल स्क्लोरोसिसको निदानका लागि हालसम्म कुनै उपचार विधिको विकास भइसकेको छैन ।

अध्ययन सफलतापूर्वक पूरा भएपछि अध्ययनको रणनीतिहरूलाई अन्य स्नायुसम्बन्धी समस्याहरू जस्तै, एएलएस (एमाइट्रोपिक लेटरल स्क्लेरोसिस), मष्तिष्क पक्षघात, पार्किन्सन, अल्जाइमर रोग आदिको उपचार विकास गर्न मद्दत गर्न सकिने अनुसन्धानकर्ता मरासिनीले बताए ।

गुल्मीको रेसुंगा नगरपालिका-६ घर भएका ३३ वर्षीय मरासिनीले दुई वर्षभित्र उक्त अनुसन्धान गर्नुपर्ने हुन्छ । हाल उनी पीएचडी पूरा गरेर पोस्टडक्टरल प्रशिक्षार्थी हैसियतमा जोन्स हप्किन्स युनिभर्सिटीको मेडिकल स्कुलमा अनुसन्धानरत छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : १५ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला