कोरोनाबाट कैलालीमा झण्डै दुई सयको मृत्यु « Khabarhub

कोरोनाबाट कैलालीमा झण्डै दुई सयको मृत्यु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ ।

जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये तीन गाउँपालिका महोन्याल, चुरे र कैलारी बाहेकका र अन्य जिल्लाबाट पठाइएका गरी उपचारका लागि कैलाली आएका ३९ सहित यस अवधिमा महिला ५८ र पुरुष १३१ गरी जम्मा १८९ जनाले ज्यान गुमाएका जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : १५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले