मनाइयो आद्य शङ्कराचार्य जयन्ती « Khabarhub

मनाइयो आद्य शङ्कराचार्य जयन्ती


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइएको छ ।

यस अवसरमा महेश संस्कृत गुरुकुलले जुम प्रविधिबाट आज आयोजना गरेको कार्यक्रममा गुरुकुलका संस्थापक स्वामी डा रामानन्द गिरीका उत्तराधिकारी स्वामी रमणानन्द गिरीले आजभन्दा एक हजार २०० वर्षअघि धर्मको व्याख्या गर्ने कुनै संस्था विश्वमै स्थापना नभएका समयमा भारत वर्षका चार स्थानमा वैदिक सनातन धर्मको संरक्षणका लागि शङ्कराचार्यले मठ स्थापना गरेको सुनाए । ती संस्था अहिले पनि निरन्तर चलिरहेका छन् ।

“भगवान् शङ्कराचार्यले पाञ्चायन पूजाको विधि शुरु गर्नुभयो, छ मतलाई एकै स्थानमा स्थापना गरेर एकता कायम गराउनुभयो”, रमणानन्द स्वामीले भने ।

छ वर्षअघिको भूकम्पले भत्किएको पशुपति क्षेत्रस्थित शङ्कराचार्य मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । मन्दिर आजै उद्घाटन गर्ने कार्यक्रम राखिएकामा निषेधाज्ञाले पूरा हुन नसकेको जनाइएको छ ।

दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवी (माता आर्याम्बा कतै सतीदेवी) का गर्भबाट शङ्कराचार्यको जन्म भएको हो ।

‘शङ्करं शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिएको भन्ने विश्वास छ ।

प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले शुरु गरेको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउँछन् । सोह्र वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए ।

शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि उनले भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँडेको पनि घिमिरेले बताए ।

उनले स्थापना गरेका चार मठमा श्रृङ्गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमश : यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्राय बनेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ०१ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि