अक्षयकोषका लागि बिक्यो अभिनेत्री डेमको बिकिनी « Khabarhub

अक्षयकोषका लागि बिक्यो अभिनेत्री डेमको बिकिनी


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– अभिनेत्री डेम बारबरा विन्डसरले सन् १९६९ मा रिलिज भएको फिल्म ‘क्यारी अन क्याम्पिङ’मा लगाएको बिकिनी ९ हजार ५ सय अमेरिकी डलरमा बिक्री भएको छ ।

फिल्मको एक दृश्यमा शारीरिक व्यायाम गरिरहँदा अचानक उनले लगाएको बिकिनी हावाले उडाएको थियो । यो दृश्य तत्कालीन समयमा निकै चर्चित भएको थियो । यो दृश्य तीन टेकमा ‘ओके’ भएको थियो ।

बिकिनी बिक्रीबाट प्राप्त रकमलाई अल्जाइमर सोसाइटीको अक्षयकोषमा जम्मा गरिनेछ । अभिनेत्री डेमको अल्जाइमर रोगकै कारण ८३ वर्षको उमेरमा निधन भएको थियो । उनको शवमा ‘क्यारी अन क्याम्पिङ’मा रहेको उनको तस्वीरलाई राखेर अन्तिम संस्कार गरिएको थियो । ‘त्यो तस्वीरले मलाई अन्तिम समयसम्म पछ्याइरहनेछ’, फिल्म रिलिज भएपछि उनले भनेको यो वाक्यांशलाई तस्वीरमा लेखिएको थियो ।

डेमको बिकिनीलाई एक अमेरिकी व्यक्तिले किनेका थिए । टेलिफोन र अनलाइन क्रेताबीच भएको मोलमोलाईमा ती व्यक्तिले उछिनेका थिए ।

डेमका पति स्कट मिसेलले अल्जाइमरबाट पीडित व्यक्तिको उपचारका लागि डेमको चर्चित दृश्यको पहिरनलाई बिक्री गर्न पाउनु मार्मिक रहेको प्रतिक्रिया दिए ।

लिलामीकर्ता केरी टेलरले आफूहरुले बिकिनीमा अत्याधिक चासो राखेको बताइन् । ‘बारबरालाई मनपराउने फ्यानका लागि हामीले बिकिनी समर्पित गरेका थियौं । उनी पूर्ण व्यावसायिक अभिनेत्री थिइन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ०० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको