अक्षयकोषका लागि बिक्यो अभिनेत्री डेमको बिकिनी « Khabarhub

अक्षयकोषका लागि बिक्यो अभिनेत्री डेमको बिकिनी


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– अभिनेत्री डेम बारबरा विन्डसरले सन् १९६९ मा रिलिज भएको फिल्म ‘क्यारी अन क्याम्पिङ’मा लगाएको बिकिनी ९ हजार ५ सय अमेरिकी डलरमा बिक्री भएको छ ।

फिल्मको एक दृश्यमा शारीरिक व्यायाम गरिरहँदा अचानक उनले लगाएको बिकिनी हावाले उडाएको थियो । यो दृश्य तत्कालीन समयमा निकै चर्चित भएको थियो । यो दृश्य तीन टेकमा ‘ओके’ भएको थियो ।

बिकिनी बिक्रीबाट प्राप्त रकमलाई अल्जाइमर सोसाइटीको अक्षयकोषमा जम्मा गरिनेछ । अभिनेत्री डेमको अल्जाइमर रोगकै कारण ८३ वर्षको उमेरमा निधन भएको थियो । उनको शवमा ‘क्यारी अन क्याम्पिङ’मा रहेको उनको तस्वीरलाई राखेर अन्तिम संस्कार गरिएको थियो । ‘त्यो तस्वीरले मलाई अन्तिम समयसम्म पछ्याइरहनेछ’, फिल्म रिलिज भएपछि उनले भनेको यो वाक्यांशलाई तस्वीरमा लेखिएको थियो ।

डेमको बिकिनीलाई एक अमेरिकी व्यक्तिले किनेका थिए । टेलिफोन र अनलाइन क्रेताबीच भएको मोलमोलाईमा ती व्यक्तिले उछिनेका थिए ।

डेमका पति स्कट मिसेलले अल्जाइमरबाट पीडित व्यक्तिको उपचारका लागि डेमको चर्चित दृश्यको पहिरनलाई बिक्री गर्न पाउनु मार्मिक रहेको प्रतिक्रिया दिए ।

लिलामीकर्ता केरी टेलरले आफूहरुले बिकिनीमा अत्याधिक चासो राखेको बताइन् । ‘बारबरालाई मनपराउने फ्यानका लागि हामीले बिकिनी समर्पित गरेका थियौं । उनी पूर्ण व्यावसायिक अभिनेत्री थिइन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ०० बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक