मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने नदीमा बहाब बढ्ने, सर्तक रहन आग्रह « Khabarhub

मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने नदीमा बहाब बढ्ने, सर्तक रहन आग्रह


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवार कालिगण्डकी,भेरी, पश्चिम राप्ती, तिनाउ, बबईलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने साना नदीमा बहाव बढ्दो सम्भावना रहेकाले सर्तक रहन बाढी पूर्वाअनुमान महाशाखाले आग्रह गरेको छ ।

केही नदीमा आकस्मिक वहाव बढी भई सतर्कता तहमा पुग्ने भएकाले साना नदी र तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

आज कोशी र यसका सहायक नदीमा बहाब सामान्य रहने भएपनि नारायणी, कर्णाली र महाकाली जलधारका केही साना सहायक नदीमा क्षणिक भारी वर्षा हुँदा साना नदीमा आकस्मिक बहाब बढ्ने महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काई र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने पनि महाशाखाको पूर्व अनुमान छ ।

कमला, बागमती, पूर्वी राप्तीलगायत नदीको बहाब बढ्ने अनुमान गरिए पनि सतर्कता तहभन्दा तलै हुने महाशाखाले जारी सूचनामा उल्लेख छ ।

त्यस्तै पश्चिम राप्ती, तीनाउ, बबईका साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सर्तकता तह पुग्न सक्ने भएकाले त्यस क्षेत्रका बस्तीमा पनि सर्तकता अपनाउन भनिएको छ ।

बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन, मकवानपुर जिल्ला आसपास भइ बग्ने ससाना खोला तथा नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब बढेर सतर्कता तह आसपास हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशका, परासी, पाल्पा, कपिलबस्तु, अर्घखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके बर्दिया, रुकुम पूर्व, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र सूदुरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाड, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भइ बग्ने साना केही नदीमा आकस्मिक बहाब बढेर सतर्कता तहसम्म पुग्ने पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ०९ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र