उपचारका लागि दिल्ली उड्नुअघि खनालले भने–पार्टी जोगाऔँ « Khabarhub

उपचारका लागि दिल्ली उड्नुअघि खनालले भने–पार्टी जोगाऔँ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आह्वान गरेका छन्।

थप उपचार गर्न भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्‍यौँ भने मात्र हामी सफल हुन सक्छौँ र मुलुकको नेतृत्व गर्न सक्छौँ।’

पार्टीभित्र मात्रै होइन सबै राजनीतिक दलहरूबीचको विभाजन र ध्रुवीकरणले आफूलाई चिन्तित बनाएको उनले उल्लेख गरेका छन्। देशका प्रमुख दलहरू र तीनका नेताबीचको अनावश्यक टकराव, महत्वकांक्षा र इगो सांध्ने कार्य तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

लगातार ज्वरो आएर स्वास फेर्न गाह्रो भएपछि नर्भिक अस्पताल भर्ना भएका खनाललाई चिकित्सकको सल्लाहमा आज दिल्लीस्थित अपोलो अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ३९ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि