१ हजार २५२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार २५२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ९६७ कोरोना संक्रमितको आईसीयूमा र २८५ को भेन्टिलेटरमा गरी कुल १ हजार २५२ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९३ जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ४८ आईसीयूमा र ७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५३५ जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७८ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २३ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले