२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६८७ जनाको पीसीआर परीक्षणबाट २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१४ जना गरी २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ८२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २४, खोटाङमा ३,  झापामा २३२, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ७, पाँचथर ३, मोरङमा १६५, संखुवासभामा ८, सोलुखुम्बु १ र सुनसरी १५१ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ६५, पर्सामा २,  बारामा २५, महोत्तरीमा १०, रौतहटमा ९, सप्तरीमा ३५, सर्लाहीमा ६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३५४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५६, चितवनमा ४५, दोलखामा १३, धादिङमा ११३, नुवाकोटमा ५३, भक्तपुरमा ७९, मकवानपुरमा २४, रसुवा १३, रामेछापमा १०, ललितपुरमा ६६, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा ३३ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा १, तनहुँमा ३, नवलपरासी पूर्वमा ६, पर्वत ४,  लमजुङमा २, बागलुङमा ११४ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ५, गुल्मीमा ८, दाङमा ९, नवलपरासीमा १५, पाल्पामा१३,  बर्दियाका ५३, बाँकेमा ९ र रुपन्देहीमा २३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, मगुमा १ र  सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा १२, कैलालीमा ३ र डोटीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ०४ बजे

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर– सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । 

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन