बागलुङमा बाढीले पक्की पुलमा क्षति, सात परिवार विस्थापित « Khabarhub

बागलुङमा बाढीले पक्की पुलमा क्षति, सात परिवार विस्थापित


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– केही दिनको निरन्तरको वर्षाका कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पुर्‍याएको छ। काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पुर्‍याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत रहेको सो पुलमा बाढीले ठूलो क्षति पुर्‍याएको हो । मङ्गलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको ग्याबिन बगाएपछि पुल उच्च जोखिममा परेको छ । तत्कालै मर्मत नगरे बाढीले पुल नै बगाउन सक्ने बागलुङ नगरपालिका—१ का वडा सदस्य सूर्य लामिछानेले बताए ।

उनका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ । पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको र थप क्षति हुनबाट जोगाइने प्रजिअ शिवकुमार कार्कीले बताए ।

वर्षाले सात परिवार विस्थापित

निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् ।
वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको पहिराले दुई घर पूर्णरुपमा क्षति भएको र सात घर पहिराको उच्च जोखिममा परी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिराले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । यस्तै नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको र अन्य दुई घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

वडा नं १३ फर्सेडाडा बस्ने पार्वती पौडेलको घरमा पहिरो आई उच्च जोखिममा परेको छ । यस्तै बरेङ गाउँपालिका–१ भ्युडाडा वस्ने विशाल विक र गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घरको घर पनि जोखिममा रहेकाले विस्थापित भएका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : १० बजे

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत