स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते « Khabarhub

स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको भीरकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

भीरहकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग१ज४९४० नम्बरको जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा ज्यान गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट–५का वडा अभ्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिए ।

घाइतेहरु सबै भीरकोट–३ का हुन् । अविरल वर्षाका कारण बाटो चिल्पो हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ३७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले