स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते | Khabarhub Khabarhub

स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको भीरकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

भीरहकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग१ज४९४० नम्बरको जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा ज्यान गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट–५का वडा अभ्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिए ।

घाइतेहरु सबै भीरकोट–३ का हुन् । अविरल वर्षाका कारण बाटो चिल्पो हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ३७ बजे

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका

काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन

स्वास्थ्यचौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि

जेन-जी आन्दोलनले थप्यो दशैँमा चाप, आफ्नै फिल्म जुध्दा प्रकाश सपुतलाई दबाब

काठमाडौँ– लामो सार्वजनिक बिदालाई फिल्म रिलिजका लागि प्राइम डेट मानिन्छ