पशुको दिसाबाट कफी ! « Khabarhub

पशुको दिसाबाट कफी !


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा कफी पारखिको कमी छैन । कफीको स्वाद र सेवनपछि पाउने पुर्नताजगीले मानिसलाई कफी पिउन प्रेरित गर्दछ । त्यसैले मानिसहरु मंहगो मुल्य तिरेर भएपनि कफी पिउने गर्दछन् । तर एउटा सामान्य कफीको कति मुल्य पर्ला ? बढिमा एकहजार ?

विश्वको सबैभन्दा महंगो कफी कोपी लुवाक हो । जसको मुल्य करीब साढे ११ हजार पर्दछ । यो कफी सिवेट नामक पशुको दिसाबाट तयार पारिन्छ । अमेरिका यसको एक कपको मुल्य लगभग १० हजार पर्दछ । त्यहाबाट बाहिर यसको निर्यात हुदाँ यसको मुल्य झन् बढ्दछ ।

यो कफी बनाउन यसलाई बिरालो जस्तो पशुको दिसाबाट तयार पारिन्छ । सिवेट नामक बिरालो जस्तै एक प्रजातीको पशुले कफीको अधकल्चो (पुरा नपाकेको) बिउ खाने गर्दछ । सिवेटले यसको गुदी पचाएपनि पाचक एन्जाइम्सको कमीले कफीको गेडा पचाउन सक्दैन । जसका कारण त्यसको दिसामा यो सहजै बाहिर निस्किन्छ ।

यसरी सिवेटले खाएर दिसामा निस्किएको कफीको गेडालाई सफा गरिन्छ । त्यसपछि यसलाई किटाणुरहित पारेर भुटिन्छ र कफी तयार पारिन्छ । यसरी सिवेटको पेटमा रहदाँ कफी अझ गुणस्तरीय र पौष्टिक हुन पुग्दछ । सोहि कारणले यसको मुल्य महंगो पर्दछ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ४३ बजे

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको