विप्लवको राजनीतिक सक्रियता, आज बाबुराम भट्टराईसँग भेटवार्ता « Khabarhub

विप्लवको राजनीतिक सक्रियता, आज बाबुराम भट्टराईसँग भेटवार्ता


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो राजनीतिक गतिविधिलाई बढाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उनले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

May be an image of 4 people, people sitting and indoor

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका थिए । नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल थालेका छन्।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५७ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी