वकिल राख्न ब्रिटनीलाई अदालतले दियो अनुमति | Khabarhub Khabarhub

वकिल राख्न ब्रिटनीलाई अदालतले दियो अनुमति


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– आफ्नो पिताको संरक्षणबाट बाहिर आउन अदालती लडाइँ लडिरहेकी पपस्टार ब्रिटनी स्पीयर्सलाई अदालतबाट राहत मिलेको छ । अदालतले आफ्नो पछिल्लो सुनुवाईमा ब्रिटनीका पिता जेमी स्पीयर्सलाई संरक्षकबाट हटाउन अस्वीकार गरेको थियो । अहिले जेमीले नै ब्रिटनीको संरक्षण गरिरहेका छन् ।

लएसञ्जल्स अदालतमा पुनः यो मामलामा सुनुवाई भएको थियो । सुनुवाईको समयमा ब्रिटनीले न्यायधिशलाई न्यायधिशले पिता जेमीलाई आफ्नो जिन्दगी बर्बाद गर्न अनुमति दिएको आरोप लगाएकी थिइन् ।

यसपछि अदालतले ब्रिटनीलाई आफ्नो वकिल छान्न अनुमति दिएको छ । अब ब्रिटनीको मुद्दा मेथ्यू रोजेनगर्टले हेर्नेछन् । उनले यसअघि सीन पेन र स्टीवन स्पीलवर्गको मुद्धा हेरिसकेका छन् । रोजेनगर्टले यदि ब्रिटनीको पिताले साँच्चै ब्रिटनीलाई प्रेम गर्ने भए उनीहरु अलग्गिने यही समय उपयुक्त रहेको बताएका छन् ।

ब्रिटनीले पछिल्लो सुनुवाईमा अदालतमा आफू पिताबाट छुटकारा चाहेको बताएकी थिइन् । उनले आफ्नो संरक्षणको समयमा भएको दुव्र्यवहारको मामला जेमीमाथि लागोस् भन्ने चाहेको खुलाइन् ।

करीब १० मिनेटको आफ्नो बयानमा ब्रिटनीले आफू पितासँग निकै डराएको बताएकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : १५ बजे

प्रधानमन्त्रीले डाकिन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको

विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा

कात्तिक १८ गते माओवादी– समाजवादीसहित सात पार्टीबीच एकता हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत