साईली सोरेनले ६५ वर्षको उमेरमा ग्याँस चुलो पाउँदा… « Khabarhub

साईली सोरेनले ६५ वर्षको उमेरमा ग्याँस चुलो पाउँदा…


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दक्षिण सिमावर्ती गौरीगञ्ज–१ का सिमान्तकृत सन्थाल समुदायले निःशुल्क ग्यास र चुलो पाएका छन् । गोबरका गुईठा र दाउराको भरमा खाना बनाउँदै आएका उनीहरुले ग्यास चुलो पाउनु नौलो र अनौठो महसुस गरेका छन् ।

वडा नं. १ चौरी वस्तिकी ६५ वर्षीया साईली सोरेनले यो उमेरसम्म न ग्यास चुलो चलाएकी थिइन, न त्यस्तो चुलोमा पकाएको खानानै खाएकी थिइन् । उनले भनिन्–‘ग्यास चुलो त पाईयो तर कसरी चलाउने हो जानेकै छैन ।’

निःशुल्क पाएको चुलो लान पनि उनी हिच्किचाईन् । भनिन्–‘यो चलाउन सिकाई दिने भए लान्छु, नत्र लगेर मात्रै के काम ?’ त्यस पछि सोही ठाउँका युवा सोम सोरेनले ग्यास र चुलो चलाउन सिकाई दिए अनि नजाने घरैमा आएर पनि सिकाई दिने भने पछि मात्र उनी ढुक्क भईन् ।

समस्या साईली सोरेनको मात्रै होईन । सो बस्तीका सन्थाल परिवारमा ग्यास चुलो नपाउनु एउटा चिन्ता थियो, पाए पछि कसरी चलाउने भन्ने अर्को आपत ।

गौरीगंज गाउँपालिका वार्ड नं. १ ले ५ सन्थाल परिवारसहित ६५ गरिब तथा विपन्न परिवारलाई चुलोसहितको ग्यास सिलिण्डर वितरण गरेको हो । वार्ड नं. १ को सिलिङ्ग बजेटबाट ४ लाख रुपैयाँमा ग्यास चुलो वितरण गरेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

छोरी–बुहारीलाई साईकल

गौरीगञ्ज गाउँपालिकाले यस अघि उच्च शिक्षा अध्ययनमा सघाउ पुर्‍याउने भन्दै छोरी–बुहारीहरुलाई साईकल वितरण गरेको थियो ।

सोही वडाका कक्षा ११ र १२ मा पढ्ने ४६ जना छोरी–बुहारीलाई साईकल प्रदान गरिएको हो ।

घरधन्दा भ्याएर उच्च शिक्षाका लागि जान समस्या हुने भएको र कतिले बीचैमा पढाई समेत छोड्ने गरेकाले त्यस्तो अवस्था आउन नदिन साईकल प्रदान गरिएको वडाध्यक्ष राजवंशीले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  २ : ४१ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर